दफा ६७०
भेट्टाएको वस्तु प्रहरीलाई सूचना दिई राख्न सक्नेः

(१) कसैले कुनै वस्तु कुनै किसिमले भेट्टाएकोमा त्यसको यथार्थ विवरण सहित प्रहरीलाई सूचना दिई त्यस्तो वस्तु सम्बन्धित धनी फेला नपरेसम्म आफैँसँग सुरक्षित राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको वस्तुको धनी पत्ता लगाउन र त्यस्तो वस्तु राख्नका लागि भएको खर्च सम्बन्धित धनीले व्यहोर्नु पर्नेछ र त्यस्तो खर्च नदिएसम्म त्यस्तो वस्तु पाउने व्यक्तिले नै राख्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम राखिएको वस्तु तीन वर्षसम्ममा पनि कसैले दाबी गर्न नआएमा त्यस्तो वस्तु भेट्टाउने व्यक्तिको हुनेछ ।